मदन–आश्रित स्मृति खुल्ला फुटबल प्रतियोगिता भोलीबाट सुरू

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ २, २०८० १६:५१
मदन–आश्रित स्मृति खुल्ला फुटबल प्रतियोगिता भोलीबाट सुरू

काठमाडौं । मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता भोली (बुधबार)देखी सुरु हुदैछ ।

८ जेष्ठ सम्म चल्ने सो प्रतियोगितामा ६० भन्दा बढी टोलीको सहभागिता हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल र ‘पिपुल्स भोलेन्टियर्स’को आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उदघाटन पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ ।

बिहान ७ बजेदेखी बेलुकी ७ बजेसम्म खेल हुने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा संघका सचिव फुर्वा तामाङले बताए । बिजयी टिमलाई नगद तथा सिल्डले सम्मान गरिनेछ ।

प्रतियोगिताको उपाधि विजेता प्रथम टोलीलाई रु तीन लाख, उपविजेतालाई रु दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने युवा संघले जनाएको छ ।

एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उनीहरुको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ २, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्