काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ ।
विशेष अदालतले निर्देशक खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ ।
श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले निर्देशक खड्कालाई शुक्रबार सजाय सुनाएको हो।
अख्तियारले मागदाबी लिएबमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएको छ ।
उनीविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।
उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको घरसमेत जफत हुने भएको छ।