सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले डोटीस्थित सहिद स्मृति आवासीय विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय नीति अनुसार सर्वप्रथम डोटीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको छ ।