च्याम्पियन्स लिगको नकआउट चरणमा कुन कुन टोलि पुगे ?

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १0:२७
च्याम्पियन्स लिगको नकआउट चरणमा कुन कुन टोलि पुगे ?

युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका १६ टिमको टुंगो लागेको छ। ८ समूहका खेल सकिएसँगै समूहका शीर्ष २-२ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

अब अन्तिम १६ पुगेका टिमको ड्र १८ डिसेम्बरमा गरिनेछ। त्यसपछि १३ फेब्रुअरीदेखि नकआउट चरणका खेल सुरु हुनेछन्। यो सिजनको च्याम्पियन्स लिगको फाइनल १ जुनमा लन्डनमा हुनेछ।

अन्तिम १६ मा स्पेनका ४ टिमले स्थान पक्का गरेका छन्। यस्तै इटाली र जर्मनीका ३-३ टिम अन्तिम १६ मा पुग्दा इंग्ल्यान्डका २ टिमले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

डेनमार्क, नेदरल्यान्ड्स, फ्रान्स र पोर्चुगलका १-१ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

अन्तिम १६ मा पुगेका टिम
समूह ए : बार्यन म्युनिख र कोपनहगेन
समूह बी : आर्सनल र पिएसभी
समूह सी : रियल म्याड्रिड र नापोली
समूह डी : रियल सोसिडाड र इन्टर मिलान
समूह ई : एट्लेटिको म्याड्रिड र लाजियो
समूह एफ : बोरुसिया डर्टमन्ड र पिएसजी
समूह जी : म्यानचेस्टर सिटी र आरबी लाइपजिग
समूह एच : बार्सिलोना र पोर्टो

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट