सर्लाहीका मिटरब्याज पीडितको रातभर जाग्राम

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:५८
सर्लाहीका मिटरब्याज पीडितको रातभर जाग्राम

सर्लाहीका मिटरव्याज पीडितले फेरि आन्दोलन सुरु गरेका छन्। प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्दै मिटरव्याज पीडितले बिहीबारदेखि सदरमुकाम मलंगवामा आन्दोनल सुरु गरेका हुन्।

गएराति झण्डै दुई सय पीडितले मलंगवाकै सडकमा रात काटेका छन्। आन्दोलनमा अधिकांश महिला छन्। मध्यपुसको यो चिसोमा सडकमै टेन्ट टाँगेर बसेका उनीहरुले सडकमै खाना बनाएर खाएका छन्। शुक्रबार बिहानैबाट पीडितले मलंगवास्थित जिल्ला अदालत अगाडि फेरि प्रदर्शन सुरु गरेका छन्।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट