पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३५ वर्षीय पाण्डवकुमार माझीको मृत्यु भएको हो ।
कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान–४ का माझी गोपेटारमा कार्यरत थिए ।