अन्तराष्ट्रिय

पाकिस्तान सडक दुर्घटनाः सडक दुर्घटनामा तेह्र जनाको मृत्यु, वीस घाइते

पाकिस्तान सडक दुर्घटनाः सडक दुर्घटनामा तेह्र जनाको मृत्यु, वीस घाइते

पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्तमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर क्षेत्र नजिक रहेको सुपर हाइवेमा आज बिहान भएको दुर्घटनामा १३ जनाको ज्यान गएको तथा २० जना घाइते भएका जिल्ला प्रहरी अधिकृत रिजवान उमर गोण्डलले बताएका छन् । […]

  • २ years अगाडि
रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

काठमाडौं । युक्रेनका राष्ट्रपति  भोलोदिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याएका हुन् दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन भएका छन्भने पश्चिमा राष्ट्रले रुसी ब्याङ्क, सैन्य […]

  • २ years अगाडि
अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो । “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक […]

  • २ years अगाडि
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

काठमाडौं । अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ । उत्तर कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्दै रणनीतिक क्रुज मिसाइल प्रक्षेपण अभ्यास गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार समितिले […]

  • २ years अगाडि
युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

काठमाडौँ । युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् । एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, […]

  • २ years अगाडि
पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

काठमाडौँ । बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो । संसारको गरिब मध्येको एक देश बुर्किनाफासो सन् २०१५ देखि विद्रोही आक्रमणविरुद्ध लडिरहेको छ । रक्षामन्त्री कर्णेल मेजर कासौम कुलिबालीका अनुसार राष्ट्रिय सशस्त्र बलमा […]

  • २ years अगाडि
सवारी दुर्घटनामा एघार जनाको मृत्यु

सवारी दुर्घटनामा एघार जनाको मृत्यु

काठमाडौँ । मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते […]

  • २ years अगाडि
राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

 काठमाडौँ । युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले युक्रेनका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घको कूल एक सय ९३ देशमध्ये एक सय ४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले […]

  • २ years अगाडि
युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड

युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड

काठमाडौँ ।  चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा सङ्कटको राजनीतिक समाधान खोज्न युक्रेन र रुसलाई आह्वान पनि गरेको छ । दुवै देशले अविलम्ब शान्ति वार्तामा […]

  • २ years अगाडि
सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् । हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका थिए । […]

  • २ years अगाडि
‘रुसी सेनाबाटै देशको स्थायित्व प्रत्याभूत हुन्छ’

‘रुसी सेनाबाटै देशको स्थायित्व प्रत्याभूत हुन्छ’

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताएका छन् । युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उहाँले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ । ‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले आधुनिक, कुशल स्थल र नौसेना देशको सुरक्षा र सार्वभौमसत्ता प्रत्याभूत गर्ने शक्ति भएको उल्लेख […]

  • २ years अगाडि
विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा मारिनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र […]

  • २ years अगाडि