उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू […]
टर्कीले २०२४ को पहिलो दिनदेखि कर्मचारीको मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ। देशका श्रम तथा सामाजिक सुरक्षा मन्त्री वेदात इसिखानले बुधबार उक्त घोषणा गरेका हुन्। योसँगै गत आ.व.को तुलनामा खुद न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ। श्रमिकहरूको तर्फबाट सरकारसँगको […]
श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए। सो अवसरमा विदेशमन्त्री […]
टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन्। अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ। पतिको हत्यापछि हानानले आफूलाई असुरक्षित महसुस गर्दै अगस्ट २०२० मा संयुक्त राज्यमा शरण लिनको लागि वर्क परमिटमा संयुक्त राज्य अमेरिका गएकी […]
काठमाडौं।चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । उनको मृत्यु आत्महत्या वा प्रहरी कार्वाहीमा भयो भन्ने स्पष्ट भएको छैन । बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन […]
इजराइल। इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बुधबार बताउनुभएको छ । उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ, “निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।” गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि […]
भारतीय संसदका ७८ सांसद् निलम्बित भएका छन्। विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै निलम्बन गरिएको हो। उनीहरुलाई जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको हो। भारतीय संसदको तल्लो सदन (लोकसभा)का ३३ र माथिल्लो सदन (राज्यसभा) का ४५ जना सांसद निलम्बनमा परेका हुन्। यो निलम्बनलाई भारतको संसदीय […]
चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुईसय भन्दा धेरै घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार राति गान्सु प्रान्तमा ६.२ रेक्टरस्केलको भूकम्प गएको जनाएका छन्। भूकम्पको […]
संघीय संसद्का सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेको छ। नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट मध्यान्ह छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो। १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ। भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा […]
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे निकै चर्चा मात्र भएन यस मुद्दाले प्राथमिकतासमेत पायो। हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ […]
पछिल्लो समय नेपालको कर्मचारी प्रशासनमा परिवर्तनको लहर देखिन थालेको छ। निजामती सेवाको पद शृङ्खलाको सिँढीमा महिलाले थप एक फड्को मारेका छन्। कर्मचारी प्रशासनको इतिहासमै पहिलो पटक परराष्ट्र मन्त्रालयको नेतृत्व महिलाको पोल्टामा परेको छ भने समग्र निजामती प्रशासनको बागडोर एकै पटक ९ जना महिलाले सम्हालेका छन्। विभिन्न सेवामा ७४ जना विशिष्ट श्रेणीको दरबन्दीमा पहिलो पटक १२ […]
रुसी सेनामा भर्ती भएका एक नेपाली युवाको स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना समेत रहेको दाबी गरेका ‘डायमन्ड सी म्याग्देली’ नामक फेसबूक प्रयोगकर्ताले शृंखलाबद्ध स्टाटस लेख्दै देशमा व्याप्त कुशासनप्रति आक्रोश पोखेका छन् । साथै, परिवार पाल्नकै लागि विदेशिनुपर्ने बाध्यताका बीच स्वेच्छाले रुसी सेनामा भर्ती भएको समेत उनले उल्लेख गरेका […]