काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा घटाउने जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा […]
काठमाडौं । आज दुई तिरबाट फरक फरक प्रणालीले नेपालको मौसममा बदली ल्याउने अवस्था देखाएको छ । सुदुरपश्चिम र पश्चिममा वायु केही बेर मा नै भित्रीने मौसम पूर्वानुमान राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । हावाहुरी असिना पानी को सम्भावना पनि रहेकाे छ । कर्णालीको केही भाग र लुम्बिनी प्रदेशको पश्चिमी भाग सम्म असर […]
सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ । ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारासहित यही जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा प्रथम पार्क सम्मेलन आयोजना गर्न लागिएकोे राष्ट्रियपार्क […]
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८÷७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको छ भन्ने विश्वास लिएको बताउनुभयो । उहाँले दरबन्दीअनुसार कर्मचारीको […]
प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राख्नुभयो । गिरिजाप्रसाद कोइराला कांगे्रस […]
मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्रे्रका स्थानीय तहलाई निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज धुलिखेलमा सम्पन्न बैठकले ‘मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य–२०८०’ अनुसार बाढी, डुवान तथा कटानका कारण हुनसक्ने क्षति कम गर्न स्थानीय तहलाई पूर्ववत् तयारी अवस्थामा रहन निर्देशन दिएको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला […]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ । यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उहाँहरु नियुक्त हुनुभएको हो ।
बुटवल, २ जेठ (रासस) : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सङ्घीय सरकारले तोकेको रकममा थप बजेट व्यवस्थापन गरेर नियमित दिवा खाजाको व्यवस्था गरिँदै आएको छ । तिलोत्तमा नगरपालिकाले २०७४ साउनदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएकोे र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ । काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि परीक्षा केन्द्रमा […]
सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो । डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पु¥याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा […]
काठमाडौं । मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता भोली (बुधबार)देखी सुरु हुदैछ । ८ जेष्ठ सम्म चल्ने सो प्रतियोगितामा ६० भन्दा बढी टोलीको सहभागिता हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल र ‘पिपुल्स भोलेन्टियर्स’को आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उदघाटन पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम […]
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा […]