यस्ताे छ आजकाे माैसम

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ४, २०८० 0७:३३
यस्ताे छ आजकाे माैसम

काठमाडौं । आज  दुई तिरबाट फरक फरक प्रणालीले नेपालको मौसममा बदली  ल्याउने अवस्था देखाएको  छ ।

सुदुरपश्चिम र पश्चिममा वायु केही बेर मा नै भित्रीने  मौसम पूर्वानुमान राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । हावाहुरी असिना पानी को सम्भावना पनि रहेकाे छ । कर्णालीको केही भाग र लुम्बिनी प्रदेशको पश्चिमी भाग सम्म असर पर्नेछ ।

यो प्रणाली भोलि देखि नै कम्जोर हुने र पर्सि देखि पश्चिम नेपाल मा गर्मी बड्ने सम्भावना रहेकाे मौसम पूर्वानुमान राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरणले जानकारी दिएकाे छ ।

पुर्वमा कोशी प्रदेशको झापाबाट केही दिन अगाडि बाङ्गालको खाडिमा आएको आधी ले सिर्जना गरेको प्रणालीले पुर्बी भागमा केही दिन हल्का वर्षा र बादल हुने सम्भावना रहेकाे छ ।माैसम विद्का अनुसार पुर्बी नेपालमा केही दिन शितल नै हुने छ ।

त्यस्तै  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ४, २०८० 0७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट