कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रस्टबिच सम्झौता भएको हो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रस्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल […]
कञ्चनपुर- भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिनुभयो । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ-छैन जाँच्न एन्टिजेन […]
जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला […]
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने बताएका थिए […]
काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको छ । मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा […]
सुदूरपश्चिम- पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको […]
झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प काठमाडौं नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समीक्षा र समस्या औंल्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन् । जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतलगायत देशमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ लाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’को दर्जा दिएको छ। डब्ल्यूएचओका अनुसार संक्रमण द्रुत गतिमा फैलिने तथा निकै सचेत हुनुपर्ने भेरिएन्टलाई उक्त दर्जा दिइन्छ। हाल कोरोनाको जेएन–१ भेरिएन्ट भारत, चीन, अमेरिका र सिंगापुरमा देखापरेको छ। सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओले चेतावनी दिँदै लेखेको छ, […]
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ। शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी बिक्रीवितरण […]
डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन सत्याग्रको घोषणा गरेका हुन्। उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने बताए। विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पूरुा नगरेको उनको आरोप छ। केसीले सरकारी अस्पतालहरुमा […]
काठमाडौं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् । ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत […]
काठमाडौँ । काठमाडौंकेा कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ । होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरेका छन् । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले […]