बंगलादेशमा आज (आइतबार) १२औँ संसदीय निर्वाचन हुँदैछ। बंगलादेशी पत्रपत्रिकामा यसबारेका समाचार प्रमुख रूपमा छापिएका छन्। विदेशी पर्यवेक्षकले सबै मतदान केन्द्रमा जान नपाउने– ‘युगान्तर’मा प्रकाशित रिपोर्टमा सुरक्षा र दूरीका कारण विदेशी पर्यवेक्षकले आफ्नो स्वेच्छाले कुनै पनि मतदान केन्द्रमा जान नपाउने उल्लेख गरिएको छ। परराष्ट्र सचिव मसुद बिन मोमिनले दर्ता भएका पर्यवेक्षकहरू सडक हुँदै होटल सोनारगाउँबाट दुई […]
दुईदिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाई गरिन् । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार काठमाडौं उत्रिएका थिए । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच […]
रिपब्लिक अफ आइसल्यान्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ। उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। दुई देशबीचको कूटनीतिक सम्बन्ध सुमधुर बनाउन रिपब्लिक अफ आइसल्यान्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो। अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले […]
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाललाई भारतले दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताएका छन्। शुक्रबार बिहान बसेको संघीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्। बिहीबार भारतीय विदेशमन्त्री एस […]
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आफू आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली पक्षसमक्ष असन्तुष्टि जनाएका छन् । बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएका छन् । २०७२ मा नेपालको संविधानसभाले दफा–दफा गर्दै संविधान पारित गरिसकेपछि भारतका तत्कालीन विदेश […]
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा प्रसारण लाइनको पनि उद्घाटन हुने भएको छ । जयशंकर र नेपाली समकक्षी एनपी साउदले बिहीबार १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । भारतीय विदेशमन्त्री जयशंकर बिहीबारै नेपाल आउनेछन् । नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । सोही क्रममा दुई […]
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको बिहीबार हुने भ्रमणको आज औपचारिक घोषणा गरेका छन्। नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकर दिल्लीबाट आउँदै छन्। उनले संयुक्त आयोगको बैठकका साथै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी एनपी साउदसँग बिहीबार भेट गर्ने कार्यक्रम छ। […]
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त […]
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जहाज निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षामा सामेल भइसकेकाहरूले पनि सोमबारदेखि उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाइरहेका छन्। सोही माग गर्दै गत शुक्रबार ललितपुरको बालकुमारीमा आन्दोलन गर्दा प्रहरीको दमनबाट २ युवक मारिएपछि सरकारले अन्य क्षेत्रमा सामेल भइसकेका परीक्षार्थीले पनि निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षाको फाराम भर्न पाउने व्यवस्था […]
जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै […]
दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा घाँटीमा चक्कु प्रहार भएको थियो । जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले उनको घाँटीको देब्रे भागमा हतियार प्रहार गरेका थिए । योनहापका अनुसार […]
साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो । यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो । भारत र बङ्गलादेशमा समेत यसअघि साउदीले बायोमेट्रिक […]