सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादाी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्। आज बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकले आलोपालो प्रावधानअनुसार मोर्चाको संयोजकमा विप्लवलाई ल्याइएको हो। यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संयोजक थिए। मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ […]
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए […]
नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् । शनिबार फेसबुकमार्फत उनले माओवादी विधान अधिवेशनका बारेमा ४ बुँदे धारणा सार्वजनिक गरेका छन् । विधान अधिवेशनमा निरन्तरतामा क्रमभंगताको अभाव देखिएको भन्दै भट्टराईले लेखेका छन्, ‘…वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाॅ संविधान जारी […]
कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको असन्तुष्टि सतहमा आएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ । साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन्। उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले […]
नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने भएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ। त्यसैगरी बैठकमा […]
ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला दिएको छ । ललिता निवासको सबै जग्गा अब सरकारी ९३ वर्षअघि विसं १९८७ मा तत्कालीन […]
नेपाली काङ्ग्रेसभित्र दुई किसिमका प्रवृत्ति देखा परेको महामन्त्री गगन थापाले औँल्याएका छन् । बिहीबार सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले कांग्रेसका विभिन्न तहका कार्यकर्ताको विचार विश्लेषण सुन्दा दुई किसिमको प्रवृत्ति देखिएको बताएका हुन् । ‘हामीमा प्रमुख रूपमा दुई किसिमका प्रवृत्ति देखिन्छ । पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा’, महामन्त्री थापाले […]
नेकपा माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताएका हुन् । जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ […]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन्। बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठनिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन्। थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्त भित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्त भित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन […]
नेकपा एमाले धादिङको अध्यक्षमा अधिवक्ता भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् । विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले नै हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बनाएपछि सुरु भएको थियो । कमिटीका अधिकांश पदाधिकारी र सदस्य पनि त्रिपाठी […]
बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गराउने नाममा राजसंस्था फर्काउने अभियान चलाइरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइले पूर्वपञ्चहरुको पार्टी राप्रपामाथि गम्भीर आरोप लगाएका छन् । राप्रापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रका लागि नभई सत्तामा जाने योजनाअन्तर्गत आन्दोलन गर्न लागेको उनले आरोप लगाएका हुन् । राप्रपाले गर्ने भनेको आन्दोलन एमालेलाई सत्तामा ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउन […]
काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि विभिन्न समूहबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ […]