आइतबार बिहान नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिए । बिहार राज्यका राज्यपाल राजेन्द्र आर्लेकरलाई उनले राजीनामा बुझाएका थिए । जनता दल युनाइटेडका अध्यक्षसमेत रहेका उनले तत्कालीन राज्यका राष्ट्रिय जनता दल र कांग्रेस मिलेर बनेको गठबन्धनबाट पनि राजीनामा दिएका थिए । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्समा उनी जोडिएका थिए […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन्। तेजाव पीडित मुस्कान खातुनको सत्यकथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सहभागी हुने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार […]
अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिवार एक कार्यक्रममा बोल्ने क्रममा […]
नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारु संघको केन्द्रीय कार्यसमितिमा ९९ जना मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ९८ जनालाई मनोनीत गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गरेर शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको ९९ सदस्य […]
नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आज (आइतबार)देखि सुरु हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११:३० बजेदेखि सुरु हुने बैठक भोलिसम्म चल्ने छ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीले पार्टीको विधान मस्यौदामाथि छलफलका लागि बैठक बोलाएको हो। एकीकृत समाजवादीले […]
पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले निरन्तर आफ्नो पक्षमा आवाज उठाएको आफूले सुनेको र देखेको बताएका छन्। वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले विगत १५ वर्षमा राजनीतिक दलले जनतालाई निराशातर्फ डोहोर्याएको दाबी गरे। देशको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्ट रहेकाले जनताले राजालाई नेतृत्व गर्न आह्वान गर्दै आएकाे शाहको दाबी छ। अहिले प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र […]
नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई कपाल मुण्डन गरेर बुवाको काज-किरियामा बसेकी छन्। कोशी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री एवम् संविधानसभा सदस्यसमेत रहेकी राईका पिता ८७ वर्षीय रुद्रकुमार राईको बिहीबार राति काठमाडौंमा निधन भएको थियो। बुवाको निधनपछि कपालसमेत मुण्डन गरेकी उनले काठमाडौंस्थित आफ्नो घरमै काज-किरिया थालेकी हुन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले घर भएका […]
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको हो । पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको आलोचना गरेका छन्। मिश्र सम्मिलित निर्देशन समितिले कोसी प्रदेशमा राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बनेपछि उनलाई फिर्ता बोलाउन भनी पार्टीलाई निर्देशन दिएपछि राप्रपाभित्र मतभेद देखिएको हो। सोही सन्दर्भमा एभिन्युज टेलिभिजनको सिधा प्रश्नमा राजु थापालाई अन्तर्वार्ता दिँदै राप्रपा अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष मिश्रले पार्टी […]
नेकपा माओवादी केन्द्र ‘१ नं. प्रदेश समिति’ (कोशी प्रदेश) ले आफ्ना ५० सदस्यलाई जिल्ला समितिमा घटुवा गरेको छ। यही माघ ११ र १२ गते विराटनगरमा सम्पन्न ‘१ नं. प्रदेश समिति’को बैठकले चारमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा नखटिने ५० जना प्रदेश सदस्यलाई जिल्ला समितिमा घटुवा गर्ने निर्णय गरेको हो। बैठकले समितिको बैठकमा लगातार ३ पटकसम्म […]
काठमाडौं । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। साथै एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्। १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी […]
महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भए । उनले ४ हजार ४५३ मत पाएका छन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाएका छन् ।