काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिइन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा थिए । अधिकारीको […]
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ गरी सबै प्नदेशमा पुर्याएको छ। आयोगका अनुसार सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयसम्म मतपत्र पुगेको छ। शुक्रबारसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए। राष्ट्रि यसभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख […]
नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकमा एमाले महासचिव शंकर पोखरेलले ११ मंसिरमा पठाएको पत्रले कर्णालीमा एमालेभित्र चरम असन्तुष्टि देखिएको छ । प्रत्यक्ष निर्वाचनबाट चुनिएका उम्मेदवारलाई जिम्मेवारीबाट हटाउन पार्टी केन्द्रले गरेको निर्णयलाले कर्णालीमा संकट पैदा गरेको हो । २२ कात्तिकमा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले १० देखि १५ असोजमा सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव […]
राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले शाहीलाई मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनकाअनुसार शाहीलाई आन्दोलन मूल समितिका संयोजक अध्यक्ष लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्नेछन् । आन्दोलनका लागि गठित विभिन्न […]
मधेस प्रदेश सरकारले आज छैटौँ बलिदानी दिवस मनाउँदै छ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले आज छैटौँ बलिदानी दिवस मनाउन लागेको हो। आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित […]
पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराजा शाहको हेटौँडा भ्रमणबारे बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोर्टर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले पूर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पूजाआजा […]
संघीय संसद्का तीन समितिको बैठक आज बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ । बैठकमा एम.डी.एम.एस, टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहान साढे १० बजे बैठक बोलाएको छ। […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७ वटा आयोजनामा दबाब यात्रा गर्ने भएको छ । बुधराति अबेर सकिएको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका ती आयोजनाहरु केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले ती आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल […]
प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि युगान्डा प्रस्थान गर्दै छन् । उनी भोलि बिहान २:१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा स्वकीय सचिव […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ। दिउँसो बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ। केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।
मन्त्रीहरुलाई प्रगती विवरण पेस गर्न समाजवादीको निर्देशन सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री भएकाहरुलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ। एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको हो। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी भएपछि गरिएका कामको विवरण पेस […]
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागु हुने भएको छ। मंगलबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागु गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बनिधत निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ। नेपाल सरकार र मन्त्री, प्रदेश […]