अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सफाइ पाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले मागदाबी नपुग्ने ठहर गरेको हो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए । रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय हितअनुकुलका सम्झौता मात्रै सरकारले गर्ने बताए। छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय […]
प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेको अवहेलना मुद्दामा फैसलाका लागि आज (शुक्रबार)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएको छ। मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ। तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई […]
काठमाडौ- नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गर्नुभएको हो । भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो […]
संघीय संसद्को आगामी अधिवेशन क्यालेन्डरमा सञ्चालन हुने भएको छ । संसद्लाई क्यालेन्डरमा चलाउन सभामुख देवराज घिमिरेले गृहकार्य थालेका हुन् । संसद् सचिवालयले क्यालेन्डरको मस्यौदासमेत प्रस्तुत गरेको छ । दलहरूले क्यालेन्डरको मस्यौदालाई आवश्यक परिमार्जनसहित अन्तिम रूप दिएर आगामी अधिवेशनमा लागू गर्न सहमति प्रदान गरेको संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि संघीय […]
राष्ट्रिय सभा सदस्यमा भागबन्डा दिने गरी दाहाल र देउवाले ल्याएको प्रस्तावलाई गठबन्धनकै दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले स्वीकार गरेका छैनन् । सत्ता घटक ४ दलको बिहीबार बिहान बसेको बैठकमा एमालेबाट ६ सिटको प्रस्ताव आएको जानकारी प्रधानमन्त्री दाहालले गराउनासाथ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरोध गरेका थिए । दाहाल र देउवाले एकीकृत समाजवादी […]
काठमाडौ १९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन । । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकोमा जोड दिएराष्ट्रपतिका […]
काठमाडौं, १९ पुस । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो।राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति सिट लिने भन्ने सहमति जुटाउन दिनदिनै छलफल गरेका छन्। दलहरूले आन्तरिक रूपमा छलफल […]
राष्ट्रियसभामा नेकपा एमालेलाई पनि सीट दिएर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि देखिएको छ । दुई दिनसम्म बसेको कांग्रेस र माओवादीबीचको बैठकमा एमालेलाई पनि केही सीट दिएर जानेबारे सकारात्मक छलफल भएपछि अन्य दलले असन्तुष्टि जनाएका हुन् । बैठकमा सहभागी एक नेताले एमालेको प्रस्ताव कुन ढंगबाट आएको भन्ने नबुझेसम्म त्यसबारे निर्णय लिन नसकेको बताए […]
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई भाग छुटाउन सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार दल नेपाली कांग्रेस सकारात्मक भएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा कुरा सकारात्मक भएको कांग्रेस नेता रमेश लेखकले बताए । नेता लेखकका अनुसार यसबारे थप छलफल गर्नका लागि दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको छ । […]
प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)लाई आग्रह गरेका छन्। दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतले बतायो। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस […]