राजनीति

रविलाई खोया हान्ने युवा १० दिनपछि रिहा

रविलाई खोया हान्ने युवा १० दिनपछि रिहा

पाेखरामा रवि लामिछानेलाई मकैकाे खाेया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि उनी छुटेकाे कास्की प्रहरी प्रमुख एसपी माेहन थापाले जानकारी दिए । लामिछानेले पाेखरा अमरसिंह चाैरमा भाषण गरिरहँदा ७ मंसिरमा रानाभाटले मकैकाे खाेया प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

  • ११ महिना अगाडि
मा‌ओवादी अभियानको निचोड : जनता हामीतिर फर्किए

मा‌ओवादी अभियानको निचोड : जनता हामीतिर फर्किए

सत्तारुढ नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीनमहिने अभियानले पार्टीमा उत्साह ल्याएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्। ‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, […]

  • ११ महिना अगाडि
रुपान्तरण अभियानबारे जानकारी गराउन आज माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै

रुपान्तरण अभियानबारे जानकारी गराउन आज माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ । माओवादीले भदौ १६ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का उपलब्धीबारे जानकारी गराउन आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो । माओवादीले पार्टीलाई रूपान्तरण गर्ने उद्देश्यले भदौ १६ गतेदेखि देशभरका ६ हजार ७३४ वडामा हिजोसम्म चार महिने […]

  • ११ महिना अगाडि
माओवादीको ‘रूपान्तरण अभियान’ आज सकिँदै

माओवादीको ‘रूपान्तरण अभियान’ आज सकिँदै

सत्तारुढ नेकपा माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गर्न लागिएको छ । गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले आज अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले पार्टीलाई जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ । अभियानले पार्टी संगठन जीवन्त, […]

  • ११ महिना अगाडि
प्रहरी संगठनभित्र सरुवा,बढुवामा चेलखेल शुन्य: गृहमन्त्री श्रेष्ठ

प्रहरी संगठनभित्र सरुवा,बढुवामा चेलखेल शुन्य: गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन्। सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन्। उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताए। गृह […]

  • ११ महिना अगाडि
बालकुमारी घटनामा २ जना मन्त्रीले पनि सुख नपाउने : छानबिन गर्न निर्देशन

बालकुमारी घटनामा २ जना मन्त्रीले पनि सुख नपाउने : छानबिन गर्न निर्देशन

२ युवाको ज्यान गएको बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सभापति रामहरि खतिवडाले […]

  • ११ महिना अगाडि
रविले उठाए नैतिकताको प्रश्न

रविले उठाए नैतिकताको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह प्रशासनले दुई जना युवाको हत्या गरेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्‍था तथा सुशासन समितिमा सोमबार बोल्दै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईंलाई म स्पष्ट भन्न चाहन्छु। तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गर्‍यो।’ […]

  • ११ महिना अगाडि
आज विशेष कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै कांग्रेस

आज विशेष कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै कांग्रेस

नेपाली कांग्रेसले आज (पुस १६ गते, सोमबार) राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ। पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा कांग्रेसे हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाइँदै आएको छ। मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार प्रज्ञा भवन कमलादी विशेष कार्यक्रम आयोजना गरेको […]

  • ११ महिना अगाडि
मन्त्रिपरिषद् बैठकमा अब चिया र बिस्कुट मात्र खाजा

मन्त्रिपरिषद् बैठकमा अब चिया र बिस्कुट मात्र खाजा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेका छन्। सोमबारदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा बाँडिने खाजा कटौती गरिएको हो। हरेक पटक मन्त्रीपरिषद बैठक बसेको बेला महँगो खाजा बाँड्ने गरिएको थियो। अब लामो बैठक बस्नु परे चिया बिस्कुट मात्र दिने प्रधानमन्त्रीको निर्देशन छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो। यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत […]

  • ११ महिना अगाडि
काठमाडौँबाट सांसद डा.चन्द्रकान्त राउत पक्राउ

काठमाडौँबाट सांसद डा.चन्द्रकान्त राउत पक्राउ

काठमाडौँबाट प्रहरीले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउत (सीके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ। ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीका राष्ट्रिय सचिव वीपी साहले जानकारी दिए। अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

  • ११ महिना अगाडि
कोशीमा ‘चिप्लिए’ शेखरका मुख्यमन्त्री !

कोशीमा ‘चिप्लिए’ शेखरका मुख्यमन्त्री !

कांग्रेसबाट विद्रोह गरेर शेखर कोइरालाको आडमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले तमु ल्होसारको शुभकामना दिन जारी गरेको वक्तव्यमा प्रदेशको नाम ‘कोशी’ उल्लेख नगरेको भन्दै आलोचना सुरु भएको छ । मुख्यमन्त्री कार्कीले आइतबार जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ […]

  • ११ महिना अगाडि
बालकुमारी घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने

बालकुमारी घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली लागेर दुई युवाको मृत्यु भएपछि सरकारको आलोचना भइरहेको छ। समितिको सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। छलफलका लागि […]

  • ११ महिना अगाडि