राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने÷नगराउन निर्देशन दिएको जानकारी दिनुभएको हो । स्वास्थ्यमन्त्री बन्न पैसा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुग्नुभएको हो । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । […]
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहााले यसलाई लयमा […]
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उहाँको भनाइ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उहाँले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभयो । “अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउनुभयो । समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी […]
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताउनुभएको छ । राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।” उहाँले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् […]
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा […]
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सि.सं.२३५(घ) र (ङ) सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उहाँले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गर्नुभयो । तालिमका […]
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ । मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू गरिने बताउनुभयो । “कोही कसैबाट उल्लङ्घन भएमा तत्काल सूचना दिनुहोला । तत्काल कारबाही हुन्छ”, उहाँले भन्नुभयो । […]
प्रतिनिधिसभाको आजको बैठकमा रुकुम पूर्वमा भएको हत्याको घटना, सरकारको न्यूनतम साझा कार्यक्रम, स्ववियू निर्वाचन, समावेशी सिद्धान्त र सदनभित्रै विभिन्न समयमा बोलिएका विषयमा सरकारका तर्फबाट सम्बोधन हुुनपर्ने माग सांसदहरूले गरेका छन् । बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्ने र सबै नागरिकलाई एक वर्षभित्रमै राष्ट्रिय परिचयपत्र वितरण गर्नेजस्ता कार्यक्रम किन हटाइएको भनी सरकारसँग […]
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तक्र्रिया कार्यक्रम’मा उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताउनुभयो । उहाँले अब केही दिनमै […]