राजनीति

‘जनतासँग पार्टी अभियान’

‘जनतासँग पार्टी अभियान’

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले बताउनुभयो । उहाँका अनुसार केही दिनअघि बसेको प्रदेशको छैटौँ पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार […]

  • २ years अगाडि
राष्ट्रपतिमा सहयोग गर्न माधव नेपाललाई ओलीको औपचारिक पत्र (पत्रसहित)

राष्ट्रपतिमा सहयोग गर्न माधव नेपाललाई ओलीको औपचारिक पत्र (पत्रसहित)

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ। एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई औपचारिक पत्र पठाएका हुन्। राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ। पुस १० गतेको सहमतिमा एकीकृत […]

  • २ years अगाडि
नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत

नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे। “सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी […]

  • २ years अगाडि
ओलीजी मेरो पुरानो साथी हो, सर्वसम्मत बनाउन योगदान गर्नुहोला भन्ने विश्वास गरेको छु: पौडेल

ओलीजी मेरो पुरानो साथी हो, सर्वसम्मत बनाउन योगदान गर्नुहोला भन्ने विश्वास गरेको छु: पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानो साथी भएकाले आफूलाई सहयोग गर्ने बताएका छन्। शनिबार बानेश्वरस्थित संसद भवनमा राष्ट्रपतिका लागि मनोनयन दर्तापछि पत्रकारसँगको कुराकानीमा ओली पुरानो साथी भएको बताए। ‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि […]

  • २ years अगाडि
मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैनः मेयर बालेन

मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैनः मेयर बालेन

काठमाडौं । महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्। उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन्। उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

  • २ years अगाडि
मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छः नेम्बाङ

मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छः नेम्बाङ

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने सम्भावना भएको बताएका छन् । नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ । पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए । त्यही संविधानको संरक्षक हुने अवसरका […]

  • २ years अगाडि
यी हुन् नेम्वाङका प्रस्तावक र समर्थक

यी हुन् नेम्वाङका प्रस्तावक र समर्थक

काठमडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवास नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेका छन्। यस्तै, अन्य प्रस्तावकहरुमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्। यस्तै, समर्थकमा सचिवहरू योगेश भट्टराई, टोपबहादुर रायमाझी रहेका छन्। यस्तै, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के […]

  • २ years अगाडि
राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा पत्र

राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पत्र बुझाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, […]

  • २ years अगाडि
रवि लामिछाने र रामचन्द्र पौडेलबीच भेटवार्ता

रवि लामिछाने र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर लामिछानेसँग भेट गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने ८ दलको साझा उम्मेदवार बनेका पौडेलले लामिछानेको पार्टीको पनि साथ र समर्थन खोज्दै पार्टीले उम्मेदवारी तय गरेलगत्तै भेट गरेका हुन् । भेटमा […]

  • २ years अगाडि
प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छः ओली

प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने बताएका छन्। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सम्झौताअनुसार नै भोट हाल्ने यकिन भएको बताए। एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। ‘समस्या नै छैन। हामीले पुस १० गते […]

  • २ years अगाडि
दुर्गा प्रसाईं एमालेबाट निष्कासित

दुर्गा प्रसाईं एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताए। पछिल्लो समय उनी नागरिक बचाउ महाअभियानमा लागेका थिए। उनले गत […]

  • २ years अगाडि
सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आज बसेको पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।  

  • २ years अगाडि