प्रदेश समाचार

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो । वडा अध्यक्ष पौडेलका अनुसार पोषणयुक्त सामग्रीअन्तर्गत […]

  • २ years अगाडि
प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच गरिने

प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच गरिने

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले सञ्चालन गरेको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा नापजाँच गरिने भएको छ । तनहुँ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माणका लागि नापजाँच सुरु गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकको विसं २०७६ वैशाख २३ को निर्णयअनुसार आयोजनालाई आवश्यक जग्गा प्राप्त गर्ने कार्यको […]

  • २ years अगाडि
वडा अध्यक्षको तलब स्थानीयलाई

वडा अध्यक्षको तलब स्थानीयलाई

पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले तलबबापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न […]

  • २ years अगाडि
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित […]

  • २ years अगाडि
रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । श्रेष्ठ […]

  • २ years अगाडि
आँबुखैरेनीमा आलु मेला

आँबुखैरेनीमा आलु मेला

आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिनुभयो । गाउँपालिकाले केही […]

  • २ years अगाडि
अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

पर्वत, २६ फागुन (रासस)ः विभिन्न अन्न भुटेर–पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले–पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो । त्यही सातु अहिले विदेश निर्यात गर्न थालिएको छ । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन […]

  • २ years अगाडि
आजको मौसम : हल्का वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसैगरी […]

  • २ years अगाडि
छात्रावास निर्माण अधुरै

छात्रावास निर्माण अधुरै

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित जयनारायण आदर्श माध्यमिक विद्यालयको निर्माणाधीन प्राविधिक छात्रावास अधुरै छ । उक्त भवन तीन वर्षअघि निर्माण थालिएको हो । निर्माण पूरा नभएको छात्रावासको स्वामित्व कसैले लिएका छैनन् । उक्त विद्यालयमा सञ्चालित प्राविधिक शिक्षाका विद्यार्थीको बसोबास तथा ब्यवसाय सञ्चालनमार्फत विद्यालयको आम्दानी वृद्धिका लागि प्रदेश सरकारले रु ८५ लाखको लागतमा छात्रावास निर्माण थालेको थियो […]

  • २ years अगाडि
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो । पूजा सकेर उहाँ आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जानुहुने कार्यक्रम छ । त्यहाँ उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक […]

  • २ years अगाडि
प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा […]

  • २ years अगाडि
व्यासमा कृषकलाई मकैको बीउ वितरण

व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो […]

  • २ years अगाडि

लोकप्रिये