नेपालका पहिलो रक गायक माइक खड्काको निधन

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १६:४७
नेपालका पहिलो रक गायक माइक खड्काको  निधन

काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा आज ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ ।

खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । उनको वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको छ । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले जानकारी दिए । नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।

उनले केही अंग्रेजी गीतको रेकर्ड गराएपनि एल्बम सार्वजनिक गर्न भने पाएनन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग उनले सहकार्य गरे ।पछिल्लो समय उनी संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा थिए । उनको पत्नी र एक छोरा छन् । उनी क्लासिक एफएमका निर्देशक र सोही एफएममा उनले कार्यक्रम पनि चलाउँदै आएका थिए ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट