हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो : मन्त्री किराँती

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १६:३५
हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्।

आइतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। भाषा संग्रहालयका लोगि सोमवार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गरे।

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता पनि जनाए। उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताए।

उनले भने, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ। यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ। यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं।’

उनले थपे, ‘म भाषाको म्युजियम बनाउँदैछु। भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु। हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ।’

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट