हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर

जिल्लास्तरीय कोष स्थापना गरिने

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १३:0९
जिल्लास्तरीय कोष स्थापना गरिने
 काठमाडौँ । विपद् तथा भैपरी आउनसक्ने तथा भवितव्य घटनाबाट पीडित भएकालाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नुवाकोटमा कोष स्थापना गरिने भएको छ । यसका लागि जिल्लामा रहेका स्थानीयतहसहित बागमती प्रदेश सरकारबाट समेत सहयोग जुटाउन लागिएको हो । स्थापना गर्न लागिएको कोषले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न व्यक्तिलाई उपचार सुविधा, उनीहरुको पालनपोषण, शिक्षा तथा रोजगारको सिर्जनासम्मको योजनालाई लक्ष्य निर्धारण गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँको अनुसार कोषमा रकम सङ्कलन गर्ने र क्रमशः थप गर्दै लगेर प्राप्त हुने ब्याजबाट पीडितलाई राहत उपलब्ध गराउन केन्द्रित गराइने छ । “पीडित हो भन्ने एकीन भए पनि पीडकको पहिचान खुल्न नसक्दा राहत तथा क्षतिपूर्ति भराउन सकिँदैन”, प्रजिअ अधिकारीले भन्नुभयो, “तीन तहमा रहेका सरकारसँग पनि अहिलेसम्म यससम्बन्धी स्पष्ट कानुनी आधार नभएकाले जिल्लास्तरीय कोष खडा गर्न लागिएको हो ।” किन आवश्यक प¥यो कोष ? जिल्लामा यही फागुन ४ गते विदुर नगरपालिका–१२ चैनपुरमा बस दुर्घटना हुँदा तीन जना यात्रुको निधन भयो । २५ घाइते भए । दुर्घटना भएको बा२ख ८४५ नंं को बसको नवीकरण ‘फेल भएको’ र कुनै समितिमा आबद्ध यात्रु दुर्घटना बीमा नभएको कारण मृतकको परिवारलाई क्षतिपूर्ति भराउन र घाइतेको उपचारमा आर्थिक अभाव भयो । यस्तै, विदुर–५ पिपलटार निवासी सरिता न्यौपाने (गजुरेल)को सुत्केरी गराउने क्रममा यही फागुन १० गते बुधबार निधन भयो । फागुन ८ गते सोमबार त्रिशूली अस्पतालमा शल्यक्रिया गरेर सुत्केरी गराइएको उनको ‘इन्फेक्सन’ र निमोनियाको कारण उपचारको क्रममा बुधबार काठमाडौँको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा निधन थियो । पीडित पक्षले त्रिशूली अस्पतालका चिकित्सकको लापर्बाहीको कारण निधन भएको भन्दै दोषीलाई कारबाही र दुई नाबालिग बच्चालाई क्षतिपूर्ति, शिक्षा र स्वास्थ्य उपचारको माग गरेर बिरोध प्रदर्शन गरे । “माग जायज देखिए पनि क्षतिपूर्ति तथा राहत दिने स्रोत भएन”, प्रजिअ किरण थापाले भन्नुभयो । त्यसको लागि कोषको महसुस भएको उहाँको भनाइ छ । सोही कारण विदुर–५ का सरिता न्यौपानेको मृत्युपछि तत्कालको लागी रु पाँच लाख त्रिशूली अस्पताल र विदुर नगरपालिकाले राहत उपलब्ध गराउनेलगायतका छबुँदे सहमति बिहीबार राति भएको छ । सोही छबुँदे सहमतिको बँुदा नं ५ मा ‘अब उप्रान्त भवितव्य घटनामा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउन जिल्लामा एउटा कोष खडा गर्न जिल्ला स्थित स्थानीयतह, प्रदेश स्वास्थ्य मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयमा समेत सिफारिस गर्ने’ निर्णय गरिएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १३:0९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल  मकवानपुरमा
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
पर्यटन सद्भावनादूतको नियुक्ति खारेज
पर्यटन सद्भावनादूतको नियुक्ति खारेज
ओली सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष
ओली सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी  कार्यक्रम
विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी कार्यक्रम
हिउँले सेताम्ये टिएमजे क्षेत्र
हिउँले सेताम्ये टिएमजे क्षेत्र
मध्य यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु
मध्य यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: