रवि लामिछाने र रामचन्द्र पौडेलबीच भेटवार्ता

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १३:४१
रवि लामिछाने र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर लामिछानेसँग भेट गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने ८ दलको साझा उम्मेदवार बनेका पौडेलले लामिछानेको पार्टीको पनि साथ र समर्थन खोज्दै पार्टीले उम्मेदवारी तय गरेलगत्तै भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट