सहिद स्मृति विद्यालय दाङमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:४७
सहिद स्मृति विद्यालय दाङमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले दाङस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय कार्यक्रम अनुसार दाङमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको थियो ।

हालसम्म दाङ, सुनसरी र डोटीमा पुस्तक सहयोग गरिएको छ । जिरी र पोखराको लागि पनि पुस्तक फाउन्डेसनको केन्द्रिय कार्यालयमा आईसकेको केन्द्रिय अध्यक्ष सन्दिप पुनले बताए । दाङमा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य जयपुरी घर्ति र फाउन्डेसनका केन्द्रिय सदस्य कुलबीर नेपालीद्वारा एक कार्यक्रमकाबीच पुस्तक हस्तान्तरण गरिएको हो ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट