म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : महामन्त्री थापा

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:0९
म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको बताएका छन्।

आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताए।

सेजनले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले आफू मन्त्री नबन्ने पनि बताए।

‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। संसद र प्रधानमन्त्रीकहाँ यो कुरा उठाउने हो,’ उनले भने, ‘न म अहिले मन्त्री बन्ने हो, न म अहिले मन्त्री बन्न मिल्छ। कांग्रेस सरकारमा रहिरहँदा सफल बनाउने हो।’

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट