दाङ । दाङमा २९ वषीया महिलालाई जबरजस्ती करणी गरेको आरोप तीन जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जना रहेका छन् । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट
खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।