नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

  • मिसन संवाददाता
  • सोमवार, मंसिर ११, २०८० ११:५७
नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

गुल्मी  नेपाली काँग्रेसका नेता  चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताएका छ्न । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताए । देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक नेतृत्व युवाहरूको भावना अनुसार चल्नुपर्ने उनले बताए ।

‘देशको अर्थतन्त्रमा निकै समस्या आएको छ । नेतृत्वकर्ताले देशको आवश्यकता बुझ्न सकिरहेका छैनन् ।’ उनले भने, ‘वर्तमान नेतृत्व आफन्तवादमा रमाएको छ । नेतृत्वलाई देशप्रति कुनै चिन्ता छैन ।’
बदलिएको समयमा सबै फरक ढङ्गबाट हिँड्नुपर्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए । प्रतिपक्षसँग नभएर युवासँग प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको भन्दै उहाँले युवाहरूको भावनालाई सबैले बुझ्नुपर्ने बताए । समय अनुसार चल्न आवश्यक रहेको उनको भनाइ छ ।
सबै एकताबद्ध भएर मुलुकको समस्या समाधान हुने भन्दै उनले देशलाई कसैले पनि बिगार्ने अधिकार नभएको बताए । देशको आवश्यकता के हो त्यसको बारेमा सोच्न जरुरी भएको उल्लेख गरे  । देशको बारेमा सपना देख्ने नेतृत्व आवश्यक छ । उहाँले विकल्प धेरै भएको भन्दै सबैले मेहनत गर्न जरुरी रहेको बताए ।
नेता भण्डारीले अन्य जिल्लाको तुलनामा गुल्मीमा धेरै विकास भएको भन्दै अझै विकासमा गुल्मीलाई नमुना जिल्ला बनाउने तर्फ लागिएको बताए । उनले भाषणभन्दा पनि कामलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै गुल्मीलाई विकासमा नेपालको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे  ।
  • मिसन संवाददाता
  • सोमवार, मंसिर ११, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट