किरियापुत्रीद्वारा मतदान

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:१४
किरियापुत्रीद्वारा मतदान

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो । पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ । राससको जिज्ञासामा उहाँले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट