बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ २१:४९
बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो । अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए । श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ २१:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट