प्रधानमन्त्रीको नातिनीको बिहेना जानु छ, कम बोल्छु : बालेन

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १२:५१
प्रधानमन्त्रीको नातिनीको बिहेना जानु छ, कम बोल्छु : बालेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहलाई बलियो बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२९औँ काठमाडौँ महानगर दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिनेमा जोड दिए ।

संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिकालगायत सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको उनको भनाइ छ ।

उनले पछिल्लो समय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताए ।

त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरले वाचा गरेका तीनकुने मुआव्जा, फोहर व्यवस्थापन र उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि संघीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे । फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका समान रहेको उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो । साथै उनले प्रधानमन्त्रीको नातिनीको बिहेमा जानु पर्ने भएकाले कम बोल्ने पनि बताए ।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट