हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट

भार मापन गर्न आनाकानी

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १२:२५
भार मापन गर्न आनाकानी
मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ । प्रशासनले भने मालवाहक टिपरले क्षमताभन्दा बढी सामान ढुवानी गरेर सडक क्षति पु¥याएकामा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तोकिएको मापदण्डअनुसार मात्रै ढुवानी गर्न अनिवार्य तौल लिएर मात्रै सञ्चालन गर्न नियमन गर्न लागिएको जनाएको छ । गृह मन्त्रालयले तौल पुल सञ्चालन गर्न भन्दै प्रशासन कार्यालयलाई परिपत्र गरेपछि धुलिखेलमा सबै पक्षबीच भएको छलफलमा व्यवसायीले आपत्ति जनाएका छन् । छलफलमा बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले आफूहरुको हित विपरीत नीति भएका कारण तौल पुल प्रयोग गर्न नसक्ने बताउनुभएको छ । “पछिल्लो समय आएको निर्देशिका कार्यान्वयन गर्ने हो भने हामी सबै टिपरको साँचो प्रशासन कार्यालयलाई बुझाउन बाध्य हुन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रा सबै उपभोक्ता भनेको काठमाडौँको हो । व्यवसाय चौपट भइरहेको बेला झन् थोरै भए पनि सामान खोज्ने भएकाले समस्या ल्याउने काम नगरियोस् ।” प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले छलफलबाट वैशाख ७ गते बिहान १० बजेदेखि तौल पुल सञ्चालनमा ल्याउने निर्णय भएको बताउनुभयो । कार्यान्वयन गरेपछि आइपर्ने समस्या समाधान गर्दै जाने उहाँको भनाइ छ । “नियमन गर्ने अधिकार जुन, जुन निकायले पाएका छन्, उनीहरुले गर्छन् । यसमा झन्झट मान्ने र गर्दिनँ भन्न कोही कसैले पाइँदैन”, प्रजिअ पौडेलले भन्नुभयो । कार्यविधिको कार्यान्वयन गर्दा भएका संरचनाको पनि जतन हुने र राज्यलाई नै आर्थिक हिसाबले लाभ दिने भएकाले विधि पछ्याउँदा बीचमा लगेर कटिङ गर्ने र जरिवाना तिर्न कारबाहीबाट छुटकारा मिल्ने उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सार्वजनिक सम्पत्ति जोगाउने दायित्व सबैको भएकाले सबै आ–आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो । “बढी भार बोक्दा सडक छिट्टै बिग्रन्छ भन्ने कुरा थाहा भएर पनि व्यवहारमा उतार्न आखिर किन मानिरहेका छैनौँ ?”, जिल्ला समन्वय समितिका प्रमुख गौतमले भन्नुभयो । जिल्लाको बनेपा पनौती सडक खण्डको लागि पनौती नगरपालिकास्थित हरिहरपुरमा, अरनिको राजमार्गका लागि पाँचखाल नगरपालिकास्थित केराघारीमा र विपी राजमार्गका लागि नमोबुद्धको भकुण्डेबेँसीमा तौल पुल स्थापना गरिएको छ । यातायात व्यवस्था विभागको अनुमतिमा केराघारी र पनौतीको तौल पुल ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिले स्थापना गरेको छ भने भकुण्डेको तौल पुल कोट काली सर्भिसेज प्रालिले स्थापना गरेको छ ।—
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १२:२५
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

सरुवा रोग अस्पताल शिलान्यास
सरुवा रोग अस्पताल शिलान्यास
एनसेलबारे राज्य व्यवस्था समितिले बैठक राखेपछि लेखा समितिको गुनासो
एनसेलबारे राज्य व्यवस्था समितिले बैठक राखेपछि लेखा समितिको गुनासो
साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता
साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’
बालुवाटार जग्गा काण्ड : पुर्वमन्त्रीहरुलाई सुनपानी !
बालुवाटार जग्गा काण्ड : पुर्वमन्त्रीहरुलाई सुनपानी !
दलितमाथि विभेद र उत्पीडन बिस्तारै हटाउँदै जान्छ : कानुन मन्त्री श्रेष्ठ
दलितमाथि विभेद र उत्पीडन बिस्तारै हटाउँदै जान्छ : कानुन मन्त्री श्रेष्ठ
रास्वपाको केन्द्रिय समिति बैठक आज
रास्वपाको केन्द्रिय समिति बैठक आज
शैलुङ्गका बस्नेत : राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि ६१ लाख चोरी, १२ औँ पटक पक्राउ
शैलुङ्गका बस्नेत : राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि ६१ लाख चोरी, १२ औँ पटक पक्राउ
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: