नामिबियासँग दोश्रो खेल पनि हार्यो नेपाल

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १५:१२
नामिबियासँग दोश्रो खेल पनि हार्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ । कमजाेर ब्याटिङका कारण आज पनि नेपाल नामिबियासँग दुई विकेटले पराजित हुन पुग्याे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलब एक ओभरमा १ सय ६८ रन बनाएर अलआउट भएकाे थियाे । १ सय ६९ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे नामिबियाले ‍‍३९ ओभरमा आठ विकेटकाे क्षतिमा लक्ष्य भेट्याे ।

नेपालका लागि कुलश भुर्तेलले तीन तथा कुशल मल्ल, ललित राजवंशी, राेहित पाैडेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नामिबियाका एक खेलाडी रनआउट भए ।

यसअघि पहिलाे इनिङमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्लले ३८, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ तथा करण केसीले १२ रन बनाए ।

कप्तान पौडेल, अनिल साह र देव खनालले खाता खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले समान चार–चार विकेट लिए । नामिवियाका ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक–एक विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट