वायुसेवा निगमको थप २ वटा जहाज किन्ने प्रक्रियामा

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २८, २०८० १८:५८
वायुसेवा निगमको थप २ वटा जहाज किन्ने प्रक्रियामा

काठमाडौँ । नेपाल एयरलायन्सले शहरी क्षेत्रमा उडान भर्ने लक्ष्यसहित थप २ वटा जहाज किन्ने तयारी सुरु गरेको छ ।

दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।

निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्यापटेन सुधिर समशेर राईको नेतृत्वमा ९ सदस्यीय उप समिति गठन भएको थियाे ।  उपसमितिले आगामी २१ दिनभित्र शहरी क्षेत्रमा उडान भर्ने जहाज किन्ने प्रतिवेदन बुझाउनेछ ।

प्रवक्ता पौडेलले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्नलाई २ वटा जहाज किन्ने जानकारी दिए । यसअघि दुर्गमका एयरपोर्टमा उडान भर्न मिल्ने खालका ३ वटा जहाज किन्न प्रतिवेदन समिति बनेको थियो । उक्त समितिले प्रतिवेदन बुझाइ सकेपछि थप २ वटा जहाज किन्ने विषयमा अध्ययन समिति बनेको  छ ।

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २८, २०८० १८:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट