इरानी विदेशमन्त्रीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोगका निम्ति आग्रह

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १, २०८० १८:५७
इरानी विदेशमन्त्रीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोगका निम्ति आग्रह

इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तरराष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनु भएको छ । उहाँले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको पन उल्लेख गर्नु भएको छ । मन्त्री अब्दुल्लाहियानले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौधपक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तरराष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो । अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताउँनु भएको छ । मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गर्नु भएको छ। उहाँले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गर्नु भएको छ । सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको शुरुमा दमास्कसको भ्रमण गर्नु भएको हो । सो अवसरमा उहाँले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गर्नु भएको थियो ।

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १, २०८० १८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट