सबै सहिद स्मृति विद्यालयमा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनद्वारा लाईब्रेरी सहयोग

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० ११:२६
सबै सहिद स्मृति विद्यालयमा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनद्वारा लाईब्रेरी सहयोग

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले देशभर संचालित सहिद स्मृति आवासीय विद्यालयहरुमा १/१ लाखको दरले शैक्षिक सामग्री वितरण गरेको छ । फाउन्डेसनको तर्फबाट लाईब्रेरी सामग्री वितरणका लागि सुनसरीमा राजु महतो, जिरीमा बुद्धिमान तामाङ्ग, पोखरामा सन्दिप पुन, दाङमा कुलबीर नेपाली र डोटीमा मनोज पुन खटिएका थिए ।

सबै विद्यालयमा औपचारिक कार्यक्रम मार्फत पुस्तक हस्तान्तरण गरिएको फाउन्डेसनका केन्द्रिय अध्यक्ष सन्दिप पुनले बताए । उनका अनुसार समग्रमा ५ वटा विद्यालयमा ५ लाखको सामग्री हस्तान्तरण गरिएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट