संसद सचिवालयको महासचिव बने पाण्डे

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १३:१२
संसद सचिवालयको महासचिव बने पाण्डे

प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसदको महासचिवको जिम्मेवारी तोकिएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा पाण्डेयलाई महासचिवको जिम्मेवारी तोकिएको हो।

महासचिव भरतराज गौतमले यही मंसिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद सचिवालयले जनाएको छ।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट