पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० २१:२१
पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० २१:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट