एसपी र इन्स्पेक्टरको नाम जोड्ने पत्रकार छुटे

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० 0९:५५
एसपी र इन्स्पेक्टरको नाम जोड्ने पत्रकार छुटे

विद्युतीय अपराधसम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पक्राउ गरेका दुई जना पत्रकार छुटेका छन् ।

माउन्टेन टेलिभिजनमा कार्यरत पुष्कर भट्ट र आभाष कुञ्ज दैनिकमा कार्यरत ऐश्वर्या कुँवरलाई प्रहरीले बुधबार राति थुनामुक्त गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको जानकारी दिए ।

पत्रकार भट्ट र कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै शनिबार पक्राउ गरेको थियो ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० 0९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट