प्रश्नपत्र दिने बहानामा यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० 0९:२९
प्रश्नपत्र दिने बहानामा यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

रामेछापको लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सार्कीले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा आफूलाई यौन दुर्व्यवहार गरेको किशोरीको आरोप छ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० 0९:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट