नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको पाइएको छ।ब्रजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली नियोगले उनीहरू कसरी पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्।
अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे,उनीहरू को थिए, भन्नेबारे खोजी जारी रहेको, “मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले” जानकारी दिनु भयो।