खोल्सामा घाँटी रेटिएको किशोरीको शव भेटियो

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र ८, २०८० ११:११
खोल्सामा घाँटी रेटिएको किशोरीको शव भेटियो

सुनसरीमा एक किशोरीको शव घाँटी रेटिएको अवस्थामा भेटिएको छ । जिल्लाको धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा किशोरीको शव घाँटी रेटिएको अवस्थामा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शव भेटिएको थियो ।

शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक किशोरीको पहिचान खुल्न बाँकी छ ।

किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको र उनको हत्या नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठान लगिएको बताइएको छ ।

तालिमप्राप्त कुकुर झिकाएर ह्रहरीले घटनास्थललमा अनुसन्धान थालेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र ८, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट