विमानस्थलबाट ३ डल्ला सुन समातियो

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १२:५२
विमानस्थलबाट ३ डल्ला सुन समातियो

त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सोमबार भारतीय नागरिक ३५ वर्षीय सरिफ अहमद अब्दुल गफूरलाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट आइरहेका उनलाई सुराकीले दिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

तीनवटा प्लास्टिकका पोकामा कुल अन्दाजी तौल ८५५ ग्राम सुनसहित गफूरलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका गफूर र बरामद सुन आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट