पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी छन् । बुधबार बसेको परिषद् बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । पुनलाई विशिष्ट श्रेणी (नेपाल सरकारको सचिव) सरह रहने गरी चारवर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।
उनी जनार्दन शर्मा गृहमन्त्री हुँदा पुन प्रेस संयोजक बनेकी थिइन् । उनी सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत हुन् । पुन नेपाल पत्रकार महासंघको सचिव भइसकेकी छन् ।