रेड कर्नर नोटिस जारी गरिएका चार जना विदेशबाट पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० १३:४८
रेड कर्नर नोटिस जारी गरिएका चार जना विदेशबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चार जनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपाल ल्याइएको हो ।

प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको हो ।

विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्युठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो  ।

यसअघि, स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकी नगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट