आज ‘सलार’ को सोलो रिलिज

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १0:५३
आज ‘सलार’ को सोलो रिलिज

आज (शुक्रबार) प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ रिलिज भएको छ। नेपाली फिल्म हलमा शुक्रबार नेपाली चलिचित्र प्रदर्शनमा नआई ‘सलार’ मात्र रिलिज गरिएको हो।

सोलो रिलिज भए तापनि ‘सलार’ले दुई विदेशी फिल्मसँगै भिड्नु पर्नेछ। किनकि गएको बुधबार हलिउड फिल्म अक्वाम्यान एन्ड द लस्ट किङ्डम र बिहीबार शाहरुख खान अभिनित बलिउड फिल्म ‘डंकी’ रिलिज भइसकेका छन्।

केजीएफ फेम्ड प्रशान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।

एडल्ट सर्टिफिकेट पाएको यस फिल्मले नेपाली सिनेमा हलमा पनि राम्रो शो पाएको छ। साथै शोहरुमा अकुपेन्ची पनि रामै देखिन्छ।

प्रभासको पछिल्लो हिट फिल्म सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ थियो। त्यसपछि रिलिज भएका साहो, राधे श्याम र आदिपुरुष बक्स अफिसमा फ्लप भए। यस्तो अवस्थामा ‘सलार’को व्यापारले प्रभासको आगामी करियर निर्धारण गर्नेछ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट