एकाएक दुई एआईजीको जिम्मेवारी किन हेरफेर ?

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० १८:३७
एकाएक दुई एआईजीको जिम्मेवारी किन हेरफेर ?

सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली र किरण बज्राचार्यको जिम्मेवारी साटफेर गरेको छ । मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सिआईबीको प्रमुख र बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको हो ।

मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री वर्षमान पुन, कानूनमन्त्री पदम गिरीलगायतले सुन तस्करी सम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिने सुझाव दिएका थिए ।

बैठकले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘सरकारको स्पष्ट धारणा दोषी कोही पनि छुट्नुहुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भनेर हामीले भनिरहेका छौं । त्यहाँ को व्यक्ति कसको व्यक्ति भन्ने कुरा रहेन । दोषी ठहर भएपछि जो भए पनि कारबाहीको दायरामा आउँछन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० १८:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट