सर्वोच्चका नयाँ न्यायाधिशले आजबाट मुद्धा हेर्ने

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:३१
सर्वोच्चका नयाँ न्यायाधिशले आजबाट मुद्धा हेर्ने

सर्वोच्च अदालतमा नयाँ नियुक्त भएका ६ जना न्यायाधीशलाई शुक्रबार पेसी तोकिएको छ। नवनियुक्त न्यायाधीशहरु शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालले शुक्रबारदेखि मुद्दाको सुनुवाइ गर्न पाउने भएका हुन्।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठबाट शपथ लिएका उनीहरुलाई शुक्रबार इजलास तोकिएको हो।

शुक्रबार शपथ लिएका नवनियुक्त न्यायाधीशले शुक्रबार कार्यभार सम्हाल्दै सम्हाल्दै पेसीको गोलामा भाग लिए। गोलाप्रथाबाट तोकिएको पेसीमा संवैधानिक सहित ८ वटा इजलास तोकिएको छ। शुक्रबारलाई कुल ३७१ थान मुद्दाको पेसी रहेको छ।

न्याय परिषदले उच्च अदालतमा कार्यरत ४ जना र वरिष्ठ अधिवक्तावाट २ जनाको नाम सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार संसदीय सुनुवाइ भएको थियो।

संसदीय समितिले सुनुवाइ गर्दै ६ जनाको नाम नै सर्वसम्मतिले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट