ठगी आरोपमा वडासदस्यसहित चार जना कारागार चलान

  • मिसन संवाददाता
  • शनिबार, पुस ७, २०८० १0:३८
ठगी आरोपमा वडासदस्यसहित चार जना कारागार चलान

कास्की- ठगी अभियोगमा पक्राउ परेका पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कारागार चलान हुने अन्यमा पोखरा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार अप्पे भनिने अभिषेक बराल छन् ।

फेवाताल किनार लेकसाइड फुटट्रेलमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भनी उनीहरुविरुद्ध १५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

यसअघि प्रहरीले उनीहरुलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो ।

उनीहरुले प्रतिव्यक्ति साढे १३ हजार उठाएर फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको अनुसन्धानमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

  • मिसन संवाददाता
  • शनिबार, पुस ७, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट