नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्प प्रभावितका लागि राहात तथा उद्धार कार्यका लागि गठित प्रधानमन्त्री दैबी प्रकोप राहात कोष पूर्व प्रतिबद्धता अनुसारको सहयोग रकम हस्तानान्तरण गरेको छ ।
बुधबार नेबिसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पासहितको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुर्व प्रतिबद्धता अनुसार ७ लाख ११ हजार को चेक हस्तान्तरण गरेको हो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।
चेक हस्तान्तरणपछि नेविसंघ ले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीका आधारमा खुल्ला प्रतिस्पर्धा द्वारा छनोट गर्नपनि माग गरेको छ ।
नेविसंघको मागपछि प्रधानमन्त्री प्रचण्डले पनि सोहिअनुरुप नै उपकुलपति नियुक्ति गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मेरिटोक्रेसीका कार्यन्वयनका लागि नेपाली बिधार्थी सघंले समेत थप सहयोग को लागि प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।